अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भूमि आयोग खारेजीको विरोधमा सुकुम्बासी संगठन आन्दोलित (विज्ञप्तिसहित)

भूमि आयोग खारेजीको विरोधमा सुकुम्बासी संगठन आन्दोलित (विज्ञप्तिसहित)


काठमाडौं– भूमि व्यवस्थापन तथा सकुम्बासी समस्या समाधान आयोग खारेजीको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले देशव्यापीरूपमा आन्दोलनको घोषणा गरेको छ ।

संगठनले आज एक विज्ञप्ति जारी गर्दै दलित र सुकुम्बासीहरूले जग्गाको धनी पुर्जा पाउनै लागेको समयमा सरकारले आयोगलाई हठात् खारेजी गरेर सबैलाई निराश बनाएको उल्लेख छ ।

‘सदियौँदेखि जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौँलाख भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको छातीमा लात मारेको छ’ अध्यक्ष एवं सांसद शान्ता चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसखाले अमानवीय र गैह्र कानुनी घोर भत्सर्ना गर्दै अविलम्ब विगतमा भएको आयोगको पुनरबहाली गरियोस ।’

संगठनले लाखौं सुकुम्बासीहरू जग्गाको मालिक बन्न लागेको समयमा आयोग विघटन भएकोले त्यसको बहाली गरेर अविलम्ब धनीपुर्जा वितरण गर्नका लागि माग गरेको छ ।

यसका लागि सरकारलाई दबाब दिन भोलि देशैभरका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, २३ गते देशैभरीका सुकुकम्बासी बस्तीमा जागरण कार्यक्रम गर्ने र २४ गते देशैभरी जनसभा गर्ने निर्णय गरेको छ ।