अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टी एकताका लागि माधव नेपालले तोक्नुभयो समयसीमा

पार्टी एकताका लागि माधव नेपालले तोक्नुभयो समयसीमा


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि २४ गतेसम्मको समयसीमा तोक्नुभएको छ ।

आज बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको स्थायी र केन्द्रीय कमिटीको बैठकमा नेता नेपालले समयसीमा तोक्नुभएको हो । उहाँले एमाले विवाद समाधान गरेर जान अन्तिमसम्म प्रयास जारी राख्ने पनि बताउनुभयो ।

‘हामी एमाले विवाद समाधान गर्दै पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छौँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘पार्टी विवाद मिलाउने बेलामा अध्यक्ष केपी ओलीजीका केही वरिपरिका मान्छेहरूले भाँड्छन् र एकता हुन दिन्नन् ।’

उहाँले २४ गतेसम्म कुर्ने र त्यसपछि सोच्नुपर्ने प्रष्ट पारेको ती केन्द्रीय सदस्यले बताउनुभयो ।

‘पार्टी एकताको लागि २४ गतेसम्म कुरौँ, एकता भए हुन्छ, नत्र सोच्नुपर्छ,’ नेता नेपालले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भनेको ती केन्द्रीय सदस्यले भन्नुभयो ।