अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं- हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।