अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हिरोसिमा बम विस्फोट जस्तो जघन्य घटना अब कहिल्यै नदोहोरियोस् : ओली

हिरोसिमा बम विस्फोट जस्तो जघन्य घटना अब कहिल्यै नदोहोरियोस् : ओली


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जापानको हिरोसिमामा आणविक बम विस्फोटको ७६ औँ वर्षगाँठमा विश्व शान्तिको कामना गर्नुभएको छ ।

ट्वीटरमार्फत आज उहाँले हजारौं मानिसको ज्यान जाने गरी भएको उक्त घटनाको स्मरण गर्दै त्यस्तो दुःखद इतिहास दोहोरिन नदिन समेत आग्रह गर्नुभएको छ ।

‘६ अगस्त १९४५ः आजकै दिन आणविक बमद्वारा हिरोसिमा ध्वस्त भयो । लाखौँ सर्वसाधारण नागरिकको निर्मम हत्या भयो । त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘नारामा सीमित नहोस्, त्यस्तो जघन्य घटना अब कहिल्यै नदोहरियोस् कामना गर्दछु ।’

दोस्रो विश्वयुद्धको बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्न सन् १९४५ को अगस्ट ६ मा हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि अमेरिकाले अर्को जापानी सहर नागासिकीमा अर्को बम खसालेको थियो ।