अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

साउन २८ देखि काठमाडौं उपत्याकाको निषेधाज्ञा थप कडा हुने

साउन २८ देखि काठमाडौं उपत्याकाको निषेधाज्ञा थप कडा हुने


काठमाडौं कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभएको छ।
‘यस विषयमा हामी भोलि छलफलमा बस्छौं,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौं।’
यसअघि घोािषत निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै केही तय भइनसकेको, भोलि छलफलपछि मात्रै भन्ने सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो।