अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गर्‍यो’

‘आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गर्‍यो’


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर घाँटी सेर्ने काम गरेको बताउनुभएको छ ।

मं‍गलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारले आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताउनुभएको हो ।

गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको समेत अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताउनुभयो ।