अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश

लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।

आज बसेको बैठकको सुरुमै सभामुखले प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको खबर प्रदेश सभा बैठकमा सुनाउनुभएको थियो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्रीले राजीनामा दिएको पत्र भने प्रदेश सभामा प्राप्त भइनसकेकोले प्रक्रिया अगाडि बढाइएको सभामुखले जानकारी गराउनुभएको छ ।

साथै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वास पेश गर्नुभएको छ ।