अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहण थालनी

लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहण थालनी


चौतारा – लामोसाँघु–जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुलको बायाँ किनारातर्फको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्बाट २०७६ पुस २८ गते निर्णय भएको र जग्गाप्राप्ति ऐन–२०३४ को दफा १८ ९१० को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायत विवरण सङ्कलन गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।