अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै चौधरीलाई अध्यक्ष ओलीको स्वागत (फोटो फिचर)

मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै चौधरीलाई अध्यक्ष ओलीको स्वागत (फोटो फिचर)


कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । एमालेमा जाने चर्चा चल्नासाथ मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।

कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन्।

उहाँसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू प्रवेश गर्नु भएको छ ।