अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाबुरामको क्षेत्रमा काँग्रेसका सुरेन्द्र पाण्डेको सिफारिस

बाबुरामको क्षेत्रमा काँग्रेसका सुरेन्द्र पाण्डेको सिफारिस


पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पार्टीमा आवेदन दिएका छन्।

पाण्डेले पार्टी क्षेत्रीय समितिमार्फत प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि बुधबार आवेदन दिएको क्षेत्रीय सभापति गोविन्द गुरूङले बताए।

यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित हुँदै आएका छन्। २०७४ मा भएको चुनावबाट कांग्रेसकै समर्थनमा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई निर्वाचित भएका थिए।

यसपालि गोरखा २ अरूलाई नछाड्ने कांग्रेस नेता पाण्डे र गोरखाका स्थानीय नेता, कार्यकर्ताले बताइरहेका छन्। २०७४ मा बाबुरामलाई सहयोग गरेकोले यसपालि बाबुरामले छाड्नुपर्ने तर्क पनि कांग्रेस नेताहरूको छ।

गोरखा कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालगायत कांग्रेसका शीर्ष नेताहरूलाई भेटेर यसपालि गोरखा २ अरू पार्टीलाई नछाड्न दवाव दिएका थिए। लामो समयदेखि गोरखा २ अन्य पार्टीलाई छाड्दा कांग्रेसका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको दाबी उनीहरूको थियो।