अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चोलेन्द्रसँग दोस्रो दिनको बयान सकियो

चोलेन्द्रसँग दोस्रो दिनको बयान सकियो


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन्।

जबराले बिहीबार समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर दिनु भएको हो ।

जबरालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार चारवटा प्रश्न सोधिएको थियो। जबराले संसदीय समितिमा करिब अढाई घण्टामा दुईवटा प्रश्नको उत्तर दिएपछि बैठक स्थगित भयो। 

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।

चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिनु भएको थियो । बिहीबार थप दुवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।