अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या


उदयपुर – उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

बेलका नगरपालिका ७ गोबाटारका बस्नेत परिवारका दम्पत्ती र उनीहरुका एक छोराको हत्या भएको हो।

गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको र उनलाई प्रहरीले पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिनु भयो ।

३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो। 

एसपी ज्ञानेन्द्र फूयालसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ। हत्यापछि फरार रहेका ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी राकेश पोदारले जानकारी दिनु भयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तस्बिर : नेपाल प्रहरी