अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बिर्तामोडको बुधबारे हटियामा चल्यो डोजर

बिर्तामोडको बुधबारे हटियामा चल्यो डोजर


बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा-५ मा रहेको बुधबारे हटिया खाली गराउन डोजर चलाइएको छ।

सार्वजनिक सम्पतिको अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन भएपछि नगरपालिकाले सोमबार डोजर चलाएको हो।

बजारको पूर्व भागबाट डोजर लाउन थालिएको छ। डोजर चलाउन थालेपछि अगाडिको भागमा रहेका व्यापारीहरुले सामान हटाउन थालेका छन्। व्यापारीहरु सामानसहित भागाभागको अवस्था बनेको छ। उनीहरुलाई बिर्तामोड नगरपालिकाले पटक–पटक सूचना जारी गरेर ठाउँ खाली गरिदिन आग्रह गरेको थियो। व्यापारीहरुले नगरपालिकाको सूचनालाई उल्लंघन गर्दै ठाउँ खाली गर्न मानिरहेका थिएनन्।

उक्त ठाउँमा नगर विकास कोषको लगानीमा बहुउद्देश्यीय व्यापारीक भवन बनाउने निर्णय भइसकेको छ। कोषले आइतवार नगरपालिकालाई पत्रचार गर्दै ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ। राजनीतिक दलहरुको सहमतिमा नगरपालिकाले पार्किङसहितको भवन बनाउने तयारी गरेको छ।