अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस, माओवादी र नेकपा एसका ७६ जना कलाकार एमालेमा प्रवेश (तस्वीरहरू)

कांग्रेस, माओवादी र नेकपा एसका ७६ जना कलाकार एमालेमा प्रवेश (तस्वीरहरू)


काठमाडौं-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसनिकट ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

आज पार्टी कार्यालय च्यासलमा जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा उहाँहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो।

कलाकारहरुलाई पार्टीमा प्रवेश गराउनुहुँदै अध्यक्ष ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्नुभयो । उहाँले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न कलाकारहरुलाई आह्वान गर्नुभयो ।

नेकपा एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने अध्यक्ष ओलीले बताउनु भयो।