अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 सुन प्रकरणमा जोडिए तरुण दलका नेता विकास लामा

 सुन प्रकरणमा जोडिए तरुण दलका नेता विकास लामा


काठमाडौं-सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेता विकास लामा मुछिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार बिहान बरामद गरेको करिब एक किलो सुन प्रकरणमा लामा मुछिएका हुन् ।

विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो।

सुन प्रकरणमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखराका दोर्जे स्याङ्तानले दिएको बयानका आधारमा विकास लामा मुछिएका हुन्।