अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तस्वीरमा हेर्नुहोस् ‘बालबालिकासँग केपी बा’

तस्वीरमा हेर्नुहोस् ‘बालबालिकासँग केपी बा’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गर्नुभएको छ।

शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा सहभागीहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्व प्रधानमन्त्री ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताउनु भयो । उहाँले नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ। पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन । तपाईँहरू मेहनती बन्नुस् ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले संयोजन गरेको कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए।

हेर्नुस् तस्बिरहरू