अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यी जिल्लाका नदीमा आज बहाव बढ्ने

यी जिल्लाका नदीमा आज बहाव बढ्ने


काठमाडौँ–आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका अधिकांश ठुला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पाल्पा, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट र दैलेख आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै हुने महाशाखाले अनुमान गरेको छ ।