अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला, मंसिर मसान्तसम्म दिन सकिने 

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला, मंसिर मसान्तसम्म दिन सकिने 


काठमाडौँ–माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । 

आवेदन मंसिर मसान्तसम्म दिन सकिनेछ । त्यसपछि पुस १ देखि १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।