काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अनेरास्ववियूले सिंहदरबार बाहिर प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्रीले विरोध पत्र वुझ्न तयार नभएपछि सडकवाटै विरोध पत्र सार्वजनिक गरिएको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्यसपछि उनीहरुले हनुमानस्थानमा प्रदर्शन गर्दै विरोधपत्र सार्वजनिक गरेका थिए।
सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारले तय गरेको भएपनि प्रधानमन्त्रीका पछिल्लो कदमले ‘दुःखी नेपाली अस्तव्यस्त नेपाल’ भएको आरोप उनीहरुको छ ।
विरोध पत्र सिंहदरबारभित्र गएर दिने आफूहरूको कार्यक्रम रहेको भएपनि बुझ्न नमानेकाले सडकबाट सार्वजनिक गर्नुपरेको उनीहरुले बताएका छन् । ्
प्रतिक्रिया