काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल ओलीको भक्तपुरस्थित निवास गुन्डुमा पुगेका छन् ।
पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त गर्न काठमाडौं क्षेत्र नम्बर ९ का सांसद अर्याल केपी ओली निवासमै पुगेका हुन्। त्यहाँ पुगेर उपसभापति डीपी अर्यालले दिवंगत ओलीका पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।

साथै उपसभापति अर्यालले शोकसन्तप्त ओली परिवारजनमा सहानुभूति प्रकट गरे। उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।






प्रतिक्रिया