अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली फागुन १६ गते गृहजिल्ला झापा जानुहुँदै

प्रधानमन्त्री ओली फागुन १६ गते गृहजिल्ला झापा जानुहुँदै


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फागुन १६ गते गृह जिल्ला झापा जानुहुने भएको छ । विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्न उहाँ आउँदो आइतबार गृह जिल्ला झापा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली गृहजिल्ला जानुहुने भएपछि झापाका संस्थापन नेकपाका कार्यकर्ता तयारीमा जुटिसकेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको दमक, कमल, गौरादहमा निर्माण हुन लागेको चाइना नेपाल फ्रेण्डसिप औद्योगिक पार्कको शिलान्यास, दमक नगरपालिका १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्ग अन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै, दमक १० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।