अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड–माधव पनि सत्तापक्षकै कुर्सीमा !

प्रचण्ड–माधव पनि सत्तापक्षकै कुर्सीमा !


काठमाडौं– कानूनीरुपमा नफुटेको नेकपाको प्रचण्ड–माधव समूह पनि संसदमा सत्तापक्षकै कुर्सीमा बस्ने भएको छ ।

प्रतिनिधि सभाको आगामी बैठकमा नेकपा संस्थापनसँगै प्रचण्ड–माधव समूह पनि सत्तापक्षकै कुर्सीमा देखिने भएको हो । संघीय संसद सचिवालयले औपचारिकरुपमा पार्टी अलग नभएकाले सत्तारुढ नेकपाका सांसदहरुलाई एउटै कुर्सीमा राख्ने व्यवस्था मिलाएको हो ।

नेकपा दुई समूहमा विभाजित भएपछि बस्न लागेको बैठकको एजेन्डा भने तय भएको छैन । सभामुख अग्निप्रसाद सापकोटाले दरहरुको सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो ।

नेकपाको प्रचण्ड–माधव समूहले विपक्षमा बस्न कुर्सी तयार गर्न भने पनि सचिवालयले अस्वीकार गरेको छ ।