काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल गरेका छन्।
मंसिर १० गते बिहीबार काठमाडौंको बुद्धनगरमा आयोजित छलफलमा अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय राजनीति, सरकारका गतिविधि तथा समसामयिक राष्ट्रिय मुद्दाहरूबारे सम्पादकहरूसँग विचार आदानप्रदान गरेका हुन्।
छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको छ। छलफलमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषयमा धारणा तथा विचारहरू आदानप्रदान हुने बुझिएको छ।







प्रतिक्रिया