अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठकको कार्यसूची फेरियो

प्रतिनिधि सभा बैठकको कार्यसूची फेरियो


काठमाडौं– पुनर्स्थापित प्रतिनिधिसभाको आजको पहिलो बैठकको कार्यसूची फेरिएको छ । सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने तय भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिनुभएको हो ।

पाण्डेका अनुसार आइतबार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।