अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा सचिवालय नामको कुनै कमिटी छैनः थापा

एमालेमा सचिवालय नामको कुनै कमिटी छैनः थापा


काठमाडौं– सोमबार बिहानै देखि विभिन्न अनलाइनहरुमा एउटा समाचार फैलिएको छ । त्यो समाचारको शीर्षक छ ‘एमालेको सचिवालय बैठक आज ।’

एमाले माओवादी एकता गरेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झल्को दिने गरी एमाले सचिवालय भनेर प्रचार गरिएको छ । तर एमालेको विधान र कमिटी संरचनामा सचिवालय भन्ने कुनै पनि निकाय नभएको प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बताउनुहुन्छ ।

एमालेमा केन्द्रमा तीन तहका संरचना छन्– स्थायी कमिटी, पोटिलब्यूरो र केन्द्रीय कमिटी । त्यसबाहेकका कुनै पनि संरचना औपचारिक होइनन् । ‘एमालेको पार्टी संरचनामा सचिवालय भन्ने कुनै नामको कमिटी छैन । त्यसका नाममा कुनै बैठक भएको पनि होइन,’ थापाले नेपाली बहस डट कमसँग भन्नुभयो ।

केही नेताहरुले आफूलाई चर्चामा ल्याउन सचिवालयको चर्चा गरेको थापाको भनाइ छ ।