काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रप्रसाद भण्डारीले पार्टीमा ७० वर्षे उमेरको बहसको कुनै अर्थ नभएको बताउनुभएको छ।
जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै नेता भण्डारीले नेतृत्वको क्षमता, सक्रियता, पार्टीको आवश्यकताका आधारमा नेतृत्व निर्धारण हुने भएकोले उमेरका बारेमा अनावश्यक विवाद नगर्न पार्टी नेताहरुलाई उहाँले आग्रह गर्नुभएको छ।

नेता भण्डारीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अफ्ठ्यारो परिस्थिति सामना गर्न सक्ने नेता भएकोले नेताहरुले उहाँको विकल्पमा छलफल चलाउनु पार्टी कमजोर बनाउने रणनीति मात्र भएको उहाँले बताउनुभयो।
भण्डारीले बैठकमा आफ्ना भनाइ राख्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्माननीय भइसकेकोले उहाँले सम्माननीय भएर बस्नु नै उचित हुने सुझाव दिनुभएको छ। यस विषयमा पार्टीले तत्काल निर्णय लिएर स्थितिलाई सहज बनाउनु पर्ने भण्डारीको भनाइ छ। उहाँले पार्टीको सचिवालय र पोलिटव्यूरोले प्रष्तुत गरेको विधान सर्वसम्मत रुपमा केन्द्रीय कमिटीले पास गर्नुपर्ने धारणा राख्नुभएको छ।







प्रतिक्रिया