अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाचार टिप्पणी

माधव नेपालका महत्वकांक्षाको अवसान !

माधव नेपालका महत्वकांक्षाको अवसान !


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपालको बेमौसममै नेकपाको अध्यक्ष र प्रधानमन्त्री बन्ने महत्वकांक्षाको दुखद अवसान भएको छ । २०५० साल जेठमा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि एकैपटक पार्टीको उच्च पदमा पुगेका नेपालले त्यसको २७ वर्षपछि पनि उस्तै तरहले पदको महत्वकांक्षा राख्दा राजनीतिक जीवनले बल्ड्याङ खाएको छ ।

बेमौसममै पार्टीको उच्च पदमा

२०४९ सालमा भएको एमालेको पाँचौं महाधिवेशनबाट स्थायी समिती सदस्य निर्वाचित भएका नेपाललाई भण्डारीको मृत्युले असमयमै त्यसबेलाको दोस्रो ठूलो दल एमालेको सर्वोच्च पद आइलागेको थियो । ‘जब उहाँले महाधिवेशनमा प्रतिस्पर्धा नै नगरी महासचिब जस्तो उच्च पदमा पुग्नुभयो । त्यसपछि उहाँले महत्वकांक्षाको बोझ बोक्न थाल्नुभयो,’ एमालेका एक स्थायी कमिटी सदस्य भन्नुहुन्छ, ‘२०५१ सालको मध्यावधि निर्वाचनमा पार्टीले पहिलो स्थान हासिल गरेपछि अध्यक्ष मनमोहन अधिकारीलाई पाखा लगाएर आफैं प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो । तर त्यसबेला पार्टीले उहाँको यो महत्वकांक्षालाई ब्रेक लगाइदियो ।’

प्रधानमन्त्री बन्न नपाए पनि उहाँले रक्षा मन्त्रालय आफूसँग राख्नुभयो । त्यसबेला रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने चलन थियो । तर, नेपाल परम्परा तोड्दै उपप्रधान, रक्षा र परराष्ट्र मन्त्री पनि आफैँ हुनुभयो ।

२०५१ सालमा पहिलो पटक राजकीय जिम्मेवारी सम्हालेपछि नेपालको सरल स्वभावमा क्रमशः परिवर्तन हुनथाल्यो । नौ महिनामै राजकीय पद त गयो तर पार्टीको सत्ता भने उहाँकै हातमा थियो । महासचिव कार्यकारी व्यक्ति भएका कारण मन्त्रिपरिषदमा नगएर पार्टी सञ्चालन गर्नु पर्दछ भन्ने पार्टीको मान्यता विपरीत उहाँले सके प्रधानमन्त्री नसके उपप्रधानमन्त्री पद लिने नीति लिनुभएको थियो । त्यस अघिका सरकारमा उपप्रधानमन्त्री पदको व्यवस्था थिएन । तर, एमालेको सरकारले नेपालको महत्वकांक्षालाई सम्बोधन गर्नकै लागि मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदको व्यवस्था गरेको थियो ।

प्रचण्डले नेपालको महत्वकांक्षी अनुनयलाई स्वीकार्दै मन्त्रिपरिषदबाट २०६५ पुसमा संविधानसभामा विज्ञ सदस्यको रुपमा मनोनित गर्नुभयो । संविधानसभाको सदस्य भएपछि नेपालमा प्रधानमन्त्री बन्ने महत्वकांक्षा उत्कट रुपमा जागृत भयो । समय पनि कस्तो पर्‍यो भने प्रचण्डको सरकार ढल्यो । उहाँलाई विस्थापित गर्दै नेपालले प्रधानमन्त्री बन्ने महत्वकांक्षा २०६६ साल जेठ ९ गते पूरा गर्नुभयो ।

वामदेवमा पनि महत्वाकांक्षी स्वभाव हस्तान्तरण

आफ्नो महत्वकांक्षाको व्यवस्थापन गर्नका लागि नेपालले पार्टीका अर्का नेता वामदेव गौतममा पनि महत्वकांक्षी स्वभावको विकास गराइदिनुभयो । त्यसबेला पार्टीको विधानमा नै नभएको उपमहासचिव पद सृजना गरेर नेपालले गौतमलाई जिम्मेवारी दिनुभयो । ‘जब उहाँ सरकारबाट बाहिरिनुभयो त्यसपछि गौतमको उपमहासचिव पद खोस्नुभयो,’ स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भन्नुहुन्छ, ‘उपमहासचिव पद पाएर महासचिवको महत्वकांक्षा बनाइसकेका वामदेव कमरेडको पद खोसिए पनि महत्वकांक्षाको पारो झरेन । अन्ततः उहाँले पार्टी फुटाएर भए पनि केही समय महासचिव हुने महत्वकांक्षा पूरा गर्नुभयो ।’

नेपाल महासचिव रहेकै बेला २०५४ सालमा वामदेव र सीपी मैनालीहरुले एमाले फुटाउनुभयो । माले बनाउनुभयो । त्यसको महासचिव गौतम नै हुनुभयो र आफूलाई माधव नेपालको हाराहारीको जगमा देखाउनुभयो । २०५४ सालपछि नेपालको राजनीतिमा अनेक आरोह अवरोह र विकृतिहरुको चाङ भित्रियो । लज्जास्पद संसदीय खेलहरु भए । सांसद किनबेच गर्ने आज एउटा गठबन्धनबाट मन्त्री भएको सांसद भोलिपल्ट अर्को गठबन्धनबाट झन् शक्तिशाली मन्त्री हुने स्थिति सृजना भयो ।

ज्ञानेन्द्रकै पालादेखि प्रधानमन्त्रीको महत्वाकांक्षा

२०५६ सालको आम निर्वाचनमा गौतम महासचिव भएको मालेले शून्य सिट पाएपछि उहाँको महत्वकांक्षाको पारो विस्तारै झर्न थाल्यो । तर, गौतमलाई महत्वकांक्षाको भूत चढाइदिने नेपालको पारो भने ओर्लेको थिएन । जब राजाले २०५९ साल असोजमा संविधानलाई मिच्दै शासन आफ्नो हातमा लिए । राजाको त्यस कदमलाई एमालेले प्रतिगमन भन्दै निकै विरोध गर्‍यो । करिब दुई महिना जति विरोध गरेपछि महासचिव नेपालले प्रतिगमन आधा सच्चियो भन्दै पार्टी सरकारमा सहभागी हुने निर्णय गर्नुभयो । कतिपयले भन्छन्– त्यसबेलै उहाँले राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्रीको चाहना राख्नुभएको थियो । त्यो कुरा राजाले अस्वीकार गरेपछि पार्टीचाहिँ सरकारमा सामेल गराउन सहमत गराएका थिए । ‘उहाँले प्रधानमन्त्री पद पाएको भए प्रतिगमन पूरै सच्चियो भन्नुहुन्थ्यो होला, मन्त्री मात्र पाउँछौ भनेपछि प्रतिगमन आधा सच्चियो भन्दै हामीलाई सरकारमा पठाउनुभयो,’ त्यसबेलाका एक मन्त्रीको सम्झना छ, ‘माधव नेपालको नेतृत्वमा गरिएको ठूलो भुल रहेछ त्यो । ’

संविधानसभाको निर्वाचनमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं दुई ठाउँबाट चुनाव हार्नुभयो । एमाले प्रत्यक्ष तर्फको २ सय ४० सिट मध्ये ३३ सिटमा खुम्चियो । नेपालले नैतिकताको आधारमा राजीनामा दिनुभयो । तर उहाँ भित्र भएको महत्वकांक्षाले राजीनामा दिन मानेन ।

एकातिर बढ्दो माओवादी हिंसा । अर्कोतिर तत्कालिन राजा वीरेन्द्रको वंश नास गरेर आएका ज्ञानेन्द्रको सत्ता अभ्यासको चरम महत्वकांक्षाले त्यसबेलाको सत्ता झन् झन् अस्थिर थियो । उनै ज्ञानेन्द्रले कुनै बेला शेरबहादुर देउवालाई असक्षम भन्दै प्रधानमन्त्रीबाट बर्खास्त गर्ने, फेरि कुनै तर्कबिना केही महिना नवित्दै देउवालाई प्रधानमन्त्रीमा विराजमान गराउने खेला गरिरहेका हुन्थे । यी खेलका प्रमुख खेलाडीको रुपमा नेपाल आफूलाई उभ्याउन चाहनुहुन्थ्यो । तर राजाको मन कहिले देउवातिर कहिले कृष्णप्रसाद भट्टराईतिर जान्थ्यो । २०६० जेठ १९ गते दरबारले स्वच्छ छवि भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भन्दै आवेदन माग गर्‍यो । प्रधानमन्त्रीको अतृप्त महत्वकांक्षा बोकेका नेपालले मौका यही हो भनेर ज्ञानेन्द्रलाई दाम चढाउँदै प्रधानमन्त्रीमा आवेदन हाल्नुभयो । तर दरबारले पनि उहाँको प्रधानमन्त्री बन्ने महत्वकांक्षालाई सम्बोधन गरेन ।

ज्ञानेन्द्रलाई दाम चढाएर प्रधानमन्त्रीको माग गर्ने नेपाललाई माघ १९, २०६१ को कदमपछि सरकारले लामो समय नजरबन्दमा थुनिदियो । राजाको शासनविरुद्ध त्यसबेलाको माओवादी र सातदलले १२ बुँदे सम्झौता गरेर जनआन्दोलन गरे । जनआन्दोलनको सफलतासँगै माओवादी शान्ति प्रक्रियामा आयो । संविधानसभाको निर्वाचन भयो । तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं दुई ठाउँबाट चुनाव हार्नुभयो । एमाले प्रत्यक्ष तर्फको २ सय ४० सिट मध्ये ३३ सिटमा खुम्चियो । नेपालले नैतिकताको आधारमा राजीनामा दिनुभयो । तर उहाँ भित्र भएको महत्वकांक्षाले राजीनामा दिन मानेन । त्यही कारण माओवादीका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग नेपालले सांसद बनाइदिन माग गर्नुभयो । प्रचण्डले नेपालको महत्वकांक्षी अनुनयलाई स्वीकार्दै मन्त्रिपरिषदबाट २०६५ पुसमा संविधानसभामा विज्ञ सदस्यको रुपमा मनोनित गर्नुभयो ।

अध्यक्ष हुने महत्वकांक्षालाई केपी ओलीले अवरोध गरेको ठान्दै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । त्यसपछि मुल पार्टीबाट अलग्गिएर प्रचण्डसँग लाग्नु भएका उहाँले पुस ९, २०७७ मा नेकपाको अध्यक्ष हुने महत्वकांक्षा पूरा गर्नुभयो ।

चुनावमा पराजित भए पनि प्रधानमन्त्री बन्ने महत्वकांक्षा

संविधानसभाको सदस्य भएपछि नेपालमा प्रधानमन्त्री बन्ने महत्वकांक्षा उत्कट रुपमा जागृत भयो । समय पनि कस्तो पर्‍यो भने प्रचण्डको सरकार ढल्यो । उहाँलाई विस्थापित गर्दै नेपालले प्रधानमन्त्री बन्ने महत्वकांक्षा २०६६ साल जेठ ९ गते पूरा गर्नुभयो । यही वर्ष भएको एमालेको आठौं महाधिवेशनमा नेपाल आफैं अध्यक्षको उम्मेदवार हुने कि झलनाथ खनाल वा केपी शर्मा ओली कसलाई सघाउने भन्ने द्विविधामा रहनुभयो । अन्ततः उहाँले खनालाई सघाउनुभयो । त्यसपछिका दिनमा उहाँमा पार्टीको अध्यक्ष बन्ने महत्कांक्षा बढेर गयो । जसले गर्दा भावी अध्यक्षको रुपमा अघि बढेका ओलीको तेजोबोध गर्न उहाँले अनेक गैर राजनीतिक आरोप प्रत्यारोप गरेर कार्यकर्तालाई भ्रमित पार्न क्रियाशिल हुनुभयो । उहाँले ओलीलाई चरित्र, स्वास्थ्य जस्ता विषय उठाएर पटक पटक आरोपित गर्नुभयो । ओलीको कमजोर स्वास्थ्यमा पटक–पटक धावा बोलेर पार्टी अध्यक्ष हुने नेपालको महत्वकांक्षा २०७१ सालको नवौं महाधिवेशनमा ४३ मतले पराजित भयो ।

माधव नेपाल आफू हुन नसके पनि केपी ओलीलाई पार्टी र राजकीय जिम्मेवारीमा रोक्न चाहनुुहुन्थ्यो । त्यस कारण २०७० सालमा नेकपा (एमाले)को संसदीय दलको नेताको चुनाव हुँदा उहाँले झलनाथ खनालको चाहना विपरीत उम्मेदवार हुन दबाब दिनुभयो । तर नेपालको आवरणमा त्यसबेलाका एमाले अध्यक्ष खनालको दलको नेतामा लज्जास्पद हार भयो ।

नेकपाको अध्यक्ष हुने महत्वकांक्षा

जब एमाले माओवादी एकता भयो । तब नेपालले आफूलाई पनि अध्यक्षको रुपमा उभ्याउन थाल्नुभयो । उहाँले कहिले एक व्यक्ति एक पद भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष पद छोड्नु पर्ने, कहिले प्रधानमन्त्री पद छोड्नु पर्ने जस्ता विषयमा प्रचण्डलाई उचाल्ने काम गर्नुभयो । अनेक ठाउँमा गुटका बैठक राखेर उहाँले नेकपामा भाँडभैलो मच्चाइरहनुभयो । प्रधानमन्त्री ओलीले नेपाललाई महाधिवेशनपछि तपाईं अध्यक्ष र प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री भन्दा पनि उहाँले ‘उधारो हुँदैन, हाताहाती चाहिन्छ’ भनेर भनिरहनुभयो । उहाँको एउटै अभिलाषा थियो तत्कालै नेकपाको अध्यक्ष हुने । त्यसका लागि चैतमा हुने महाधिवेशनसम्म धैर्य गर्नेउहाँको महत्वकांक्षाले दिएन । उहाँको अध्यक्ष हुने महत्वकांक्षालाई केपी ओलीले अवरोध गरेको ठान्दै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । त्यसपछि मुल पार्टीबाट अलग्गिएर प्रचण्डसँग लाग्नु भएका उहाँले पुस ९, २०७७ मा नेकपाको अध्यक्ष हुने महत्वकांक्षा पूरा गर्नुभयो । उहाँ प्रचण्डपछिको दोस्रो अध्यक्ष हुनुभयो । निर्वाचन आयोगले पुस २३ गते यो मनोनयनलाई मान्यता दिएन तर पनि उहाँले अध्यक्ष हुने रहर पूरा गर्नुभयो ।

सबै महत्वकांक्षाको अवसान !

दुर्भाग्य सर्वोच्च अदालतले २३ फागुन, २०७७ मा नेकपा नामको पार्टी ऋषि कट्टेलको नाममा कायम मात्र गरिदिएन नेकपाको एकतालाई पनि भंग गरिदियो । यही फैसलाले माधव नेपालको नेकपाको अध्यक्ष हुने अतृप्त महत्वकांक्षालाई अवसान गराइदियो । ठूलो नैतिक दबाबमा एमाले फर्किनुभएका माधव नेपालले सायद अब पार्टी र राजकीय पदका शीर्ष स्थानमा आकांक्षा त राख्नुहोला, तर महत्वकांक्षा चाहिँ नराख्नु पर्ने हो !