अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया सर्वसम्मत

एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया सर्वसम्मत


बैशाख – नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले पुरुषोत्तम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा कडरिया र सचिवमा प्रकाश कुमारी कार्की सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष र दुई उपसचिवमा निर्वाचन भएको छ । उपाध्यक्षमा होतराज ढकाल, उपसचिव खुल्लामा मिलनकुमार घिसिङ र महिला उपसचिवमा मखमली श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी लेखा कमिटी अध्यक्ष्मा रामप्रसाद देवकोटा, उपाध्यक्ष तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की पनि सर्वसम्मत हुनुभएको छ । जिल्ला कमिटीमा धेरै सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।