अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई बहालवाला र ११ जना पूर्वसांसदको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

दुई बहालवाला र ११ जना पूर्वसांसदको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित


काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकमा १३ जना सांसदको निधन भएकोमा शोक प्रस्ताव पारित भएको छ ।

सभामुखले गर्नुभएको शोक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

संसद सचिवालयका अनुसार बहालवाला सांसद एमालेका सानु शिवा र कांग्रेसका सूर्यबहादुर केसीको निधन भएको थियो ।

यसैगरी पूर्वसांसदहरु दीपकबहादुर गुरुङ, राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र शंकरप्रसाद उप्रेतीको निधन भएको थियो ।

प्रतिनिधि सभाको पहिलो बैठकमा नै शोक प्रस्ताव पारित गर्नुपर्नेमा कांग्रेस अवरोधले रोकिएको थियो ।