अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १२ लाख नाघ्यो


नयाँदिल्ली- भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जना कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

भारतमा गत २४ घण्टामा कोरोनाबाट कारण १३३ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ६३ जना पुगेको छ ।

हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–१९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड ९ लाख २० हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरू भएको थियो । सो समयदेखि हालसम्म देशभरी दुई करोड ४० लाख व्यक्तिले खोप लगाइसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले मंगलबारसम्म देशभर २२ करोड ३४ लाख ७९ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मंगलबार एकै दिनमा सात लाख ६३ हजार ८१ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।