अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा एकैदिन थपिए ७६ हजार कोरोना संक्रमित

ब्राजिलमा एकैदिन थपिए ७६ हजार कोरोना संक्रमित


साओ पाउलो- ब्राजिलमा एकैदिन ७६ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ७६ हजार १७८ जना सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै, गएको २४ घण्टामा ब्राजिलमा १ हजार ९९७ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल १ करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने २ लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ ।

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले शनिबार पहिलो खोप लगाउनु भएको हो ।

‘कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,’ खोप लगाएपछि पत्रकारसँग उहाँले भन्नुभयो ।