अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु


सिन्धुली- सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाइ नगरपालिका-७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका १९ वर्षकी दुर्गा श्रेष्ठ, उहाँका २ वर्षीय छोरा मनिष श्रेष्ठ, ६५ वर्षीय रुद्रबहादुर थापा र १८ वर्षीया रीता इस्माली रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सई रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा थप सात जना घाइते भएका छन् । दुर्घटना के कति कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।