अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा न्यायाधीश सिफारिस भएका चुडाल र सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरू

सर्वोच्चमा न्यायाधीश सिफारिस भएका चुडाल र सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरू


काठमाडौं- सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको समितिका सचिवसमेत रहनुभएका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

समितिले प्रस्तावित न्यायधीशहरूविरुद्ध सूचना प्रकाशित भएको मितिदेखि १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको हो । स्पष्ट आधार एवं सबुद प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको गौतमले बताउनुभयो ।