अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल मनोनीत

एमाले राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल मनोनीत


काठमाडौं– एमाले राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल मनोनीत हुनुभएको छ ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनीत गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार एमाले संघीय संसदीय दलको विधान २०७७ को दफा ६ को उपदफा (क) बमोजिम प्याकुरेललाई राष्ट्रियसभा दलको नेतामा मनोनीत गर्नुभएको थियो । नेकपा हुँदा माओवादी केन्द्रको तर्फबाट दीनानाथ शर्मा दलको नेता हुनुहुन्थ्यो । सर्वोच्चले नेकपा एकता बदर गरेपछि एमाले दलको नेतामा प्याकुरेललाई जिम्मेवारी दिइएको हो ।

प्याकुरेल राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा प्रदेश २ बाट निर्वाचित हुनुभएको हो ।