काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले सामाजिक सुरक्षा प्रवन्धको क्षेत्रमा सरकारले तीव्र काम गरिरहेको बताउनुभएको छ ।
मंगलबार रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘योगदानका आधारमा सामाजिक सुरक्षाको काम व्यापक रूपमा भइरहेको छ, अरू सामाजिक सुरक्षाका काम पनि हुनेछन् । साउन १ देखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ ।’
प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सुरक्षा बढाउने घोषणा गरेसँगै विपक्षीहरूलाई निन्द्रासमेत लाग्न छाड्ने बताउनुभयो ।
साथै, उहाँले पूर्व-पश्चिम रेलको छिट्टै शिलान्याश गरिनेसमेत बताउनुभयो । ‘छिट्टै पूर्व-पश्चिम रेलको शिलान्याश पूर्वबाट गर्दैछौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब आफ्नै रेल छिट्टै सञ्चालन गर्दैछौँ ।’
प्रतिक्रिया