अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकबाट छानिएका १६ सांसदको सूची

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकबाट छानिएका १६ सांसदको सूची


काठमाडौं-नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ। फागुन ३० गते शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो।

एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन्।

एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ । त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ । पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको थियो ।

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राना (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घतानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी

Skip This