अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री सहभागी हुने, आज पनि साधारण कार्यसूची

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री सहभागी हुने, आज पनि साधारण कार्यसूची


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजको प्रतिनिधि सभा बैठकमा सहभागी हुनुहुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री जाने कार्यक्रम रहेको स्वकीय सचिवालयले जनाएको छ । पुनर्स्थापित संसदको पहिलो बैठकका लागि संसद भवन गए पनि बैठक ढिला हुँदा प्रधानमन्त्री बाहिरिनुभएको थियो । त्यसपछिका कुनै पनि बैठकमा प्रधानमन्त्री सहभागी हुनु भएको छैन ।

दुई दिनअघि प्रधानमन्त्री र सभामुखबीच भेट भएको थियो ।

चालू अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले विपक्षीको मागमा सहमति जनाउँदै अधिवेशनको पहिलो बैठकमा नै अध्यादेश पेस गर्नुपर्ने कार्यसूची पूरा गर्न नसकेपछि संसदले बिजनेस पाएको छैन । आज पनि सामान्य कार्यसूची रहेको छ ।

आजको बैठकमा वार्षिक प्रतिवेदन पेस गर्नेबाहेक भएका पूर्वसांसदद्वय नविन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।