हेटौँडा- नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल गठन गरेको छ ।
आज मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहनु भएको छ
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येको एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको थियो ।
तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए ।
सर्वोच्च अदालतले नेकपा एकता बदर गर्ने निर्णयपछि एमालेका सांसदहरूले मुख्यमन्त्री पौडेलमाथि पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया