अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई सूर्य थापाको आग्रह : सम्हालिनुहोस् र राजनीति गर्नुहोस्

प्रचण्डलाई सूर्य थापाको आग्रह : सम्हालिनुहोस् र राजनीति गर्नुहोस्


काठमाडौं- नेकपा एमाले केन्द्रीय सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सम्हालिएर राजनीति गर्न आग्रह गर्नुभएको छ ।

एमाले र माओवादी केन्द्रको एकता भंग गर्दै नेकपा खारेजको फैसला पुनरावलोकनका लागि प्रचण्डले दिएको निवेदन बिहीबार सर्वोच्च अदालतले अस्वीकृत गरेपछि एमाले नेता थापाले यस्तो आग्रह गरेका हुन् ।

‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै । तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ,’ थापाले ट्विटरमा लेख्नु भएको छ, ‘निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैँले भाँड्न चाहेको एकता कति प्यारो ?’

फागुन २३ गते सर्वोच्च अदालतले नेकपाल कम्यनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्काएको निर्णय गरेपछि त्यसको पुनरावलोकन माग गर्दै प्रचण्डले यही चैत १७ गते सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

तर, उहाँको निवेदन प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको पूर्ण इजलासले आज पहिलेकै फैसला सदर गर्दै पुनरावलोकन गर्न नमिल्ने निर्णय गरेको छ ।