अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र


काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ ।

स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हो ।

माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माका अनुसार आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी चिठी पठाइएको हो ।

उहाँले भन्नुभयो, ‘उहाँहरूलाई स्पष्टिकरण सोधिएको थियो । तीमध्ये कतिको चित्तबुझ्दो जवाफ आएन । कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो । दल त्याग गरेपछि स्वतः पद जान्छ । त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो ।’

राष्ट्रियसभा सदस्य रहनुभएका गृहमन्त्री रामबहादुर थापा (बादल) को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ ।