अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री आज व्यावसायिक क्षेत्रका दुई वटा कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री आज व्यावसायिक क्षेत्रका दुई वटा कार्यक्रममा सहभागी हुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज व्यावसायिक क्षेत्रका दुई वटा कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालका अनुसार नेपाल चेम्बर अफ कमर्शको ७० औँ वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम छ । विहान ११ बजे होटल सोल्टीमा हुने उक्त साधारणसभालाई प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै नेपाल निर्यात व्यवसायी महासंघको प्रथम साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

अपरान्ह ४ बजे होटल र्‍याडिसन लाजिम्पाटमा आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने महासंघले जनाएको छ ।