अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीमा कांग्रेस अझै अनिर्णीत

कर्णालीमा कांग्रेस अझै अनिर्णीत


काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने केही घण्टा अगाडिसम्म पनि कांग्रेस निर्णयमा पुग्न सकेन ।

सातौं अधिवेशन सुरु भएकै दिन शुक्रबार मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभामा स्पष्ट बहुमतमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा पर्नुभएको थियो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शुक्रबार बोलाउनुभएको संसदीय दलको बैठक स्थगित भएको छ । केन्द्रको निर्णय पर्खने भन्दै शाहीले बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २० जना सांसदको बहुमत आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना सांसद छन्। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो।

कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन।