अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाको बैठक १४ जेठसम्मका लागि स्थगित

राष्ट्रिय सभाको बैठक १४ जेठसम्मका लागि स्थगित


 काठमाडौं-राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित भएको छ। आज बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो।

त्यसअघि बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।