काठमाडौं- गत २४ घण्टामा नेपालमा २ हजार ६ सय १८ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
७ हजार ५ सय २५ पीसीआर तथा ११ सय ४३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप १४ जनाको मृत्यु भएको छ । यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज ८७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६४४, ललितपुरका १४१ तथा भक्तपुरका ८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया