अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मी-२ बाट रास्वपाका पन्थी विजयी

गुल्मी-२ बाट रास्वपाका पन्थी विजयी


प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका पन्थीले १६ हजार ८७८ मतसहित निर्वाचित हुँदा निकटतमा प्रतिस्पर्धी एमालेका उम्मेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत ल्याएका छन्। कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाएर तेस्रो हुँदा नेकपाका उमेदवार श्रीराम महतले तीन हजार ७९ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।