अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउने मेसिन जनस्वास्थ्य प्रयोगशालामा जडान

कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउने मेसिन जनस्वास्थ्य प्रयोगशालामा जडान


काठमाडौं- कोरोना भाइरसको नयाँ कुनै भेरियन्ट नेपालमा देखियो कि ? यो पत्ता लगाउने उपकरण जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको छ ।

कोरानोका नयाँ प्रकार अर्थात् भेरियन्टहरू आइरहेका छन् । जसका कारण महामारीले विकराल रूप लिँदै गइरहेको छ । कोरोना भाइरसले आफ्नो रूप कति फेर्‍यो र नयाँ भेरियन्ट कुन देखा पर्‍यो भनी पत्ता लगाउन नेपालबाट स्वाबको नमूना विदेश पठाइने गरेको थियो ।

लक्षणका आधारमा शंकास्पद लागेका विरामीका स्वाद थप परीक्षणका लागि विदेश पठाइने गरेको छ । अब भने नयाँ भेरियन्ट पहिचान गर्ने मेसिन नेपालमै जडान गरिएको छ ।

सरकारको केन्द्रीय प्रयोगशालाका रूपमा रहेको जनस्वास्थ प्रयोगशालामा आजबाट परीक्षण मेसिन जडान गर्न थालिएको हो । ‘मेसिन राखिएको छ, सेटअप गर्ने काम भइरहेको छ,’ प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भन्नुभयो ।

नयाँ मेसिनबाट चाँडै नै परीक्षण थालिने गुप्ताले बताउनुभयो ।

नयाँ भेरियन्टका कोरोना भाइरसको पहिचान नेपालमै गर्न सकिने भएपछि स्वाव परीक्षण गर्न विदेश पठाउन नपर्ने उहाँको भनाइ छ । अहिलेसम्म नेपालमा पिसिआर टेष्ट गर्दा पोजेटिभ र नेगेटिभ मात्र पहिचान हुने गरेको थियो । प्रयोगशालामा जडान गरिएको नयाँ उपकरणले कोरोना भाइरसको भेरियन्ट ठम्याउने छ ।

कोरोना भाइरसका नयाँनयाँ भेरियन्टहरु विश्वभर थपिँदै गएका छन् । युके भेरियन्ट, भारतीय डबल र ट्रिपल म्युटेन्ट भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट विश्वभर फैलँदै गएको छ ।