अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइबेरियाली बकुल्लाले ढपक्कै ढाक्यो महोत्तरीको गौशाला

साइबेरियाली बकुल्लाले ढपक्कै ढाक्यो महोत्तरीको गौशाला


जलेश्वर- महोत्तरीको गौशाला नगरपालिका-५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ ।

उहाँ जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २÷३ घण्टा बिताउने गरेको बताउनुभयो । पशु हाट बजारको लागि प्रख्यात महोत्तरीको गौशाला नगरपालिका केही वर्षदेखि साइबेरियन बकुल्लाको बास स्थान बनेको छ । खास गरेर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेका दर्जनौँ रुख अहिले साइबेरियन बकुल्लाले गर्दा सेताम्मे बनेका छन् ।

सात समुन्द्र पारीबाट विगत १०÷१२ वर्षदेखि निरन्तर प्रत्येक चैत महिनाको अन्तिम तथा वैशाखको शुरुआतसँगै इलाका प्रहरी कार्यालय गौशालामा हजारौको सङ्ख्यामा ती बकुल्ला आउने गरेको स्थानीय रविन्द्र उप्रेतीले बताउनुभयो । गर्मीको अवसर पारेर प्रजनन तथा बच्चा कोरल्न सही र उपयुक्त स्थान ठान्दै ती बकुल्ला यहाँ ५÷६ महिनासम्म बस्ने गरेको उहाँले बताउनुभयो । जताततै सेतासेता र लामा चुच्चो भएका बकुल्ला देख्दा गौशालामा जोकोहीको मन लोभिने र घण्टौँ बिताएर जाने गरेको शिक्षिका सुनिता महतोले बताउनुभयो । उहाँले ती बकुल्ला इलाका प्रहरी कार्यालय गौशालाका अग्ला अग्ला मसला, आँप, साल, सिसौँका बोट नै छोपिने गरी बस्ने र २४ सै घण्टा विभिन्न आवाज निकालेर सबैलाई आफूतिर आकर्षित गर्ने गरेको बताउनुभयो ।

मेयर महतोले  नेपालका अन्य क्षेत्रमा नगइ गौशलामा नै आउने गरेका  बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउनुहुन्छ । साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उहाँको बुझाइ छ ।

साना, ठूला बकुल्लाको झुण्ड चैत वैशाखमा यहाँ आएर गर्मीभर प्रजनन् र बच्चा कोरलेपछि असोज कात्तिकतिर जाडो शुरुआतपछि साइबेरियातिर फर्किने गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताउनुभयो । मेयर महतोले  नेपालका अन्य क्षेत्रमा नगइ गौशलामा नै आउने गरेका  बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउनुहुन्छ । साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उहाँको बुझाइ छ ।

उहाँले ती बकुल्लालाई थप बास स्थान र पर्याप्त चाराका लागि गौशाला नगरभरि नै विशेष प्रकारका बिरुवा रोप्ने र खाली चौरमा विभिन्न प्रजातिका बोट विरुवा लगाउने अभियानको थालनी गर्न लागेको बताउनुभयो । बकुल्लाले स्थानीय मानव एवम् अन्य पशुपक्षी तथा बालीनालीमा कुनै प्रकारको क्षति र हानी नगर्ने हुनाले सबैले यसलाई मन पराउने गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताउनुभयो ।

स्थानीय समाजसेवी दिनेश महतोले वर्षेनी आउने यी बकुल्लालाई गौशालामै टिकाउन पर्याप्त बास स्थान र चाराको व्यवस्थापन गरी यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यसको संरक्षण, सम्बद्र्धनले गौशालाको पर्यटन बढाउन साथै विज्ञको शोधखोजको गन्तव्य बन्ने धारणा राख्नुभयो ।