काठमाडौं- गत २४ घण्टामा देशभर ४ हजार ५ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
१५ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा १ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा १ हजार ६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया