अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोरोना अस्पताल बनाउने तयारी

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोरोना अस्पताल बनाउने तयारी


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ ।

सीसीएमसीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिनुभएको थियो ।

उहाँले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।