अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेड हुँदाहुँदै पनि छैन भन्ने अस्पताललाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

बेड हुँदाहुँदै पनि छैन भन्ने अस्पताललाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा बेड हुँदाहुँदै छैन भनेर लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले हरेक अस्पतालले आफूसँग मौज्दात भएको बेडको अवस्था दैनिक अद्यावधिक गर्नुपर्ने उल्लेख गर्नुपर्ने बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षा नै सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले चीन, रुसलगायत खोप उत्पादक राष्ट्रबाट आयात गरिएको खोप लगाउन सरकार प्रयत्नशिल रहेको समेत बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि सरकारका सबै सयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।